काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क”,“ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन, २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन–२०७८ जारी गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बैंकले एकीकृत निर्देशन, २०७७ र सो पश्चात २०७८ कात्तिक २८ सम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको समेत जनाएको छ ।
हेर्नुहोस्, एकीकृत निर्देशन–२०७८ को पूर्णपाठ
प्रतिक्रिया दिनुहोस