काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा संस्थापक शेयर खरिद गर्दा कुनै पनि वित्तीय संस्थाबाट ऋण लिएर खरिद गर्न नपाइने भएको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस बैंकले संस्थापक समूहको शेयर नामसारी वा बिक्री गर्न स्वीकृति दिएको मितिले ३ महिनाभित्र आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गरी सक्नु पर्ने नयाँ निर्देशनमा उल्लेख गरेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष नपुगेको व्यक्तिले संस्थापक शेयर खरिद गर्न पाउने छैन ।
त्यस्तै सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको आन्तरिक वा बाह्य लेखापरीक्षकमा नियुक्त रहेको भएका व्यक्तिले पनि संस्थापक शेयर खरिद प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।
संस्थापक शेयर खरिदकर्ता खरिदकर्ता वा बिक्रीकर्ताले चुृक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व धारण गरेको वा हुने अवस्थामा शेयर बिक्री÷हस्तान्तरण वा नामसारी गर्नु पुर्व राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । मर्जमा जाने वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था हुने छ ।
प्रतिक्रिया दिनुहोस