aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुई नषँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस