aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थाले

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशतदेखि अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।  बैंकको मुद्दती निक्षेपको व्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म तोकिएको छ । यो महिना बैंकले करिब ०।५६ प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो । 

बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ । त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

त्यस्तै एभरेष्ट बैंककले बचत खातामा न्युनतम ५.०५ देखि ५.०९ प्रतिशतसम्म रहेको छ  । त्यस्तै, साधारण व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशतदेखि १०.०५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । त्यस्तै, कल निक्षेपमा २.५० प्रतिशत व्याजदर कायम गरेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस