aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विजय लघुवित्तद्वारा लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
विजय लघुवित्तद्वारा लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक २९ गते साझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँको आधारमा २० दशमलव ०३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस