aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कामना सेवाको ई–बैंकिङ सेवामा सुविधाहरु थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
कामना सेवाको ई–बैंकिङ सेवामा सुविधाहरु थप

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेका ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि यही वैशाख ६ गतेदेखि लागु हुने गरी परिमार्जीत, आधुनिक र सरल ‘आई बैंकिङ रिलोडेट’ सेवा सार्वजनिक गरेको छ । 

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको उक्त बैंकले यस योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दैे उक्त ‘आई बैंकिङ रिलोडेट’ सुविधा प्रयोग गर्न  सकिने भएकाे छ ।

ग्राहकहरुले आप्mनो बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रन्सफर गर्न, इसेवामा रकम जम्मा गरि विभिन्न भुक्तानीहरु गर्न,  NTC, Ncell, PSTN, Smart Cell  Mobile Top Up गर्न तथा तालिकाहरु बनाइ विभिन्न भुक्तानी तथा EMI Payments हरुमा सहयोगी हुने बैङ्कले जनाएको छ । साथै, यस सेवा लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस