aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सिटिजन्स बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
सिटिजन्स बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेडले संस्थापक तर्फको २६ हजार ३५८ कित्ता संस्थापक शेयर कात्तिक ३० गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस