काठमाडौं । वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले बैंकको ८५ औं वार्षिक उत्सवको अवसर पारेर कार्तिक २६ गते भूगोलपार्क स्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा आयोजित विभिन्न कार्यक्रमहरुमध्ये उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा बिभिन्न ग्राहकहरुले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेडको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी, यस बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाई, शैक्षिक, स्वस्थ्य, वित्तीय साक्षरता लगायत विभिन्न सामूदायिक हित संरक्षणका क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रमको आयोजना गर्ने र समाजिक कार्यमा संलग्न संस्थाहरुलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ ।
त्यसैको निरन्तरता स्वरुप नेपाल बैंक लिमि६े८ स्थापनाको ८५औं बर्षमा प्रवेश गरेको अवसरमा प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १४, स्थित श्री पार्वती माद्यामिक विद्यालयलाई १० थान सिलिंग पंखा र २ थान स्टिलको दराज प्रदान गरेको बैंकले जनाएको छ ।
त्यस्तै, मोरंग जिल्लाको सून्दर हरैचामा अवस्थित रणकाली मन्दिरमा आउने भक्तजनहरु बस्नका लागि लागि १०० थान प्लास्टिकक कूर्सी प्रदान गर्र्ने, प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत, वीरगंज उपमहानगरपालिकामा रहेको माानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाक सूट र खाद्य सामाग्री वितरण, पर्सा जिल्लाको लंगडी गाउ पालपलिकामा रहेको दलित बस्तीका २५ र परिवारलाई जा८ोको कप८ा (कम्बल) वितरण गरेको छ ।
प्रादेशिक कार्यालय, गण्डकी प्रदेश अन्तर्गत, पोखरा महानगरपालिका १७ विरौटा र पोखरा महानगरपालिका २६ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।
प्रादेशिक कार्यालय लूम्विनी प्रदेश अन्तर्गत बू६वल उपमहानगरपालिका रहेको मानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि खाद्यान्न सामाग्री वितरण, प्रादेशिक कार्यालय, सूदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालीका स्थीत दृष्टी धनगढीलाई लो बेड, बेडिंग र बालबालिकका लागि न्यानो कपडा वितरण गरेको छ । धनगढी स्थीत माानवसेवा आश्रम, धनगढीका आश्रितहरुलाई खाद्य सामाग्री वितरण, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ ।
साथै, बैंकमा अनवरत रुपमा २० बर्ष भन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीहरुलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहका बिच प्रतिक तथा प्रशंसा पत्र बितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस