aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मेगा बैंकले लाभांश प्रस्ताव संशोधन, बोनस शेयर घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
मेगा बैंकले लाभांश प्रस्ताव संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले १२ दशमलव ०७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्रबैंकको स्वीकृतीको लागि पेश गरिएकोमा कर प्रयोजनको लागि आवश्यक नगद लाभांश प्रस्ताव गर्नुपर्ने निर्देशन आएकाले लाभांश संशोधन गरेको जानकारी गराएको छ । 

संशोधन पछि कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितीको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गरेको हो । अव यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस