aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आरम्भ चौतारी र देउराली लघुवित्तबिच एकीकृत कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
आरम्भ चौतारी र देउराली लघुवित्तबिच एकीकृत कारोबार शुरु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार शुरु गरेको  छ । 

एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताउदै केही नितिगत कुराहरुमा सुधार गर्नु पर्ने बताउनु भएको थियो । 

बनेपा नगरपालिका वडा न. १० का वडा अध्यक्ष चन्द बहादुर खडकाले लघुवित्तले सदस्यहरुलाई कर्जा लगानी गर्दा सही ठाउमा भए नभएको हेर्नु पर्ने बताउदै प्रत्येक ठाउमा सेवा पुग्नु पर्ने बताए । कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष बिनोद ज्ञवालीले यस वित्तीय संस्थालाई सबल र सक्षम बनाउदै अगाडी बढने कुरा बताए ।

 यसै क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले दुबै एकीकृत पश्चात चुक्ता पँुजी ३०६९२३००० रुपैयाँ सदस्य संख्या ९२९१४ ऋणी संख्या ५२९५२ बचत परिचालन १४७६५५७००० रुपैयाँ र लगानीमा रहेको कर्जा ५३२२४०८००० रुपैयाँ पुग्ने ५२ जिल्लामा १४९ शाखा संजाल मार्फत सेवा दिने जनाए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष  जगतबहादुर पोखरेलले हाल लघुवित्त संस्थाका चुनौतीलाई नीतिगत रुपमा हटाउन पहल गरिरहेको बताएका छन् । 

आजै बसेको संचालक समितिकोे बैठकले आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा स्विकृत गर्दै पुर्व सहमति अनुसार नै देउराली लघुवित्तको तर्फबाट बिनोद ज्ञवालीलाई संचालक नियुक्ती गरेको छ । सोही बैठकको निर्णय अनुसार देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीलाई कम्पनी सचिबमा नियुक्ति गरेको छ ।           
 

प्रतिक्रिया दिनुहोस