
राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।
सम्पत्ति शुद्घीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्ता रकमको अध्ययन शुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ ।
प्रतिक्रिया दिनुहोस