
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल वाटर टावर, नुवाकोटमा विहान ११ः३० बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश समेत पारित गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । यी प्रस्तावसँगै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी चार जना संचालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस