aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यस वर्ष नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
यस वर्ष नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४१ करोड ९० लाख ५३ हजार रुपैयाँको आधारमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी  साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस