aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

गरिमा विकास बैंकले एक अर्ब बरावरको ऋणपत्र निष्कासन गर्न अनुमति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
गरिमा विकास बैंकले एक अर्ब बरावरको ऋणपत्र निष्कासन गर्न अनुमति पायो

काठमाडौं । गरिमा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल १० लाख कित्ता ऋणपत्र मध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ ।

कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि  गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा रेटिङले कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्राएनपी इस्युआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । , साथै मध्यम के्रटिड जोखिम रहेको जनाउँछ ।  
 

प्रतिक्रिया दिनुहोस