aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

महिला लघुवित्तले २ करोड ८६ लाख नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
महिला लघुवित्तले २ करोड ८६ लाख नाफा कमायो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहिवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तिन महिनामा (पहिलो त्रैमाससम्ममा)  २ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । 

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४४ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले  १ करोड ९८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै कम्पनीले सो अवधिमा २ करोड ६१ लाख २४ हजार रुपैयाँ खराब कर्जा उठाउन कम्पनीले ब्यवस्थापन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो ।

 कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडामा  २२ करोड ८९ लाख ४० हजार रुपैयाँ सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा २ अर्ब ३६ करोड ५५ लाख ४४ हजार रुपैयाँ सापटि लिएर१ अर्ब १ करोड ५८ लाख ७७ हजार रुपैयाँ निक्षेपन संकलन गरेर ३ अर्ब  ६५ करोड ३७ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको हो  । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११४ दशमलव ७१ रुपैयाँ ,मूल्य आम्दानी अनुपात ४५ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ ३२८ दशमलव ९४रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस