aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बंगलादेश बैंकको निर्वाचनमा लफडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
बंगलादेश बैंकको निर्वाचनमा लफडा

काठमाडौं । नेपाल बंगलादेश बैंकको साधारणसभामा विवाद भएको छ । तीन वजेदेखि निर्वाचन तालिका सार्वजनिक गरिएपनि अहिलेसम्म शेयर(प्रोक्सी) भेरिफेकेसन नै गरिएको छैन । शेयरधनीहरुको मतदानलाई प्रभावित पार्न खोजिएको एक शेयरधनीले बताए । 

शेयरधनीहरुले बैंकमा अब आउने नयाँ सञ्चालकका लागि हस्ताक्षर गरेर दिइएको प्रोक्सीको भेरिफिकेसन नगरेका कारण मतदान कार्याक्रम प्रभावित भइरहेको ती शेयरधनीले बताए । बंगलादेश बैंकबाट बंगाली लगानीकर्ता बाहिरिने भएकाले बैंकको नयाँ सञ्चालक समितिलाई निकै महत्वका साथ हेरिएको छ । 

बंगाली लगानीकर्ताले आफ्नो सम्पूर्ण संस्थापक शेयर विक्री गरेर बाहिरीने भएकाले अब उक्त शेयर कसलाई विक्री गर्ने र विक्री गरिएपछि बैंकको आगामी रणनीति कस्तो बनाउने भन्ने विषय महत्वपूर्ण भएकाले आज हुने भनिएको बैंकको सञ्चालक समितिको निर्वाचन निकै महत्वपूर्ण हुने छ ।  

प्रतिक्रिया दिनुहोस