aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते साधारण सभा गर्ने, १३.०६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते साधारण सभा गर्ने, १३.०६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नयाँ बानेश्वर,काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि टुङ्ग्याउनेछ ।

यस वर्ष बैंकको सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । बैंकको असोज १९ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधाधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस