aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंक अफ काठमाण्डूले मंसिर २९ गते बोलायो साधारण सभा, १४ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
बैंक अफ काठमाण्डूले मंसिर २९ गते बोलायो साधारण सभा, १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २९ गते बोलाएको छ । बैंकले सभा बिहान १० बजे नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बोलाएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ,यस कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/७८ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गते सम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ । यस आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले  साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस