aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनआइसी एशिया लघुवित्तको साधारण सभा आइतबार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
एनआइसी एशिया लघुवित्तको साधारण सभा आइतबार हुँदै

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर ५ गते आइतबार हुदैछ । सभा बिहान ९ बजे धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा हुने जानकारी गराएको हो । 

सभाले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयिक थप र संशोधन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने, आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कात्तिक २३ गते देखि मंसिर ५ गते सम्म शेयरधनीदर्ता पुस्तिका बन्द रहेको छ । यस आधारमा कात्तिक २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र नगद लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस