
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (Sadhana Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड १४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा भने २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
४ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको साधना लघुवित्तको जगेडाकोषमा १ करोड १४ लाख रुपैयाँ छुटाएको छ ।
साधना लघुवित्तले निक्षेपमा १६ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ८१ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा २३२ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ ।
जसले खुद व्याज आम्दानीमा २२ गुणाले बढेर ३ करोड १९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
साधनाले खुद व्याज आम्दानी अत्याधिक बढाई, नोक्सानमा रहेको संचालन मुनाफा पनि बढाएको हुदाँ खुद मुनाफा बढेको हो ।
साधना लघुवित्तको जोखिम युक्त सम्पत्ति ८ दशमलव २६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस