
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि मंसिर ३ गते बार्डको अनुमति पाएको हो । अनुमति पाएसँगै अव कम्पनीले १ सय रुपैयाँ अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस