aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तको मंसिर २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
ग्लोबल आइएमई लघुवित्तको मंसिर २८ गते

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ३ गतेको सञ्चालक समितिको बैठकले होटल पोखरा, पोखरामा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ ।

कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग मर्जर तथा प्राप्ती गर्ने विषयपनि सभामा छलफल गर्नेछ । उक्त प्रस्ताव बमोजिम मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउन आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस