aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा पुस ६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा पुस ६ गते

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको मंसिर ५ गतेको सञ्चालक समितिको बैठकले नेपाल एसबिआई बैंक लिमिटेडको कार्यालय, केशरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । यो कम्पनी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो ।
 

प्रतिक्रिया दिनुहोस