aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड नाफा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड नाफा गर्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमास वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकको खुद मुनाफा १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा ३६ दशमलव ३२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, प्रिमियम ३ करोड ८ लाख रुपैयाँ र जगेडा १ अर्ब ४५ करोड १५ लाख रुपैयाँ छुटाएको छ । 

माछापुच्छ्रे बैंकले निक्षेपमा ८५ अर्ब १९ करोड ८५ लाख रुपैयाँ संकलन गरी कर्जा ७५ अर्ब २९ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले निक्षेपमा १९ दशमलव ७५ प्रतिशतले र कर्जामा २० दशमलव ६३ प्रतिशतले वृद्धि गरेको छ । बैंकको खुद व्याज आम्दानी २९ दशमलव २० प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३३ दशमलव ९६ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।  खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा दुवैमा वृद्धि गरेको हुँदा नाफा पनि बढेको हो ।

माछापुच्छे« बैंकको निष्कृय कर्जा शून्य दशमलव ३७ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ८८ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ४८ गुणा, प्रतिशेयर नेटवर्थ १३९ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ४८ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस