aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझ्ीले हस्ताक्षर गरेको छ । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नेछ । 

यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस