aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहिवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गरेसँगै भोलि बिहिवार मंसिर ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । 

प्रतिक्रिया दिनुहोस