
काठमाडौं । आइसीएफसी फाइनान्सको अठारौं वार्षिक साधारण सभा पुस ५ गते आयोजना गरेको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर समेत गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितीलाई अख्तियारी दिन,आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २३ गते देखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
यस आधारमा मंसिर २२ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस