aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

११.५ प्रतिशत लाभांश पारितका लागि शाइन रेसुङ्गाले बोलायो मंसिर २९ मा साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
११.५ प्रतिशत लाभांश पारितका लागि शाइन रेसुङ्गाले बोलायो मंसिर २९ मा साधारण सभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले तेह्रौं वार्षिक साधारण सभा मंसिर २९ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे महाराजा रिर्सो प्रा.लि बुटवल उपमहानगरपालिका ११ रुपन्देहीमा हुने जानकारी गराएको हो । सभाले १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितीलाई अख्तियारी दिने,सञ्चालकको सख्या र समूहगत प्रतिनिधत्वमा परिवर्तन गरी साही बमोजिम नियमावलीको सम्बन्धीत नियम संशोधन गर्ने र जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस