
काठमाडौं । ज्योति विकास बैंकले यस वर्ष कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ रुपैयाँबाट हाल कायम चुक्तापूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस