
काठमाडौं । साना किसान विकास लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस