aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पुस १ गते साधारण सभा गर्दै एभरेष्ट बैंक, १०.३२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
पुस १ गते साधारण सभा गर्दै एभरेष्ट बैंक, १०.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस १ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंबाट विहान ११ः३० देखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षृ ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष बैंकले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांशलाई समेत सभाले अन्तिम रुप दिनेछ ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ छ । बोनसपश्चात यो पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस