aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सञ्चय कोषले कुन शिर्षकमा कति व्याजदरमा ऋण दिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
सञ्चय कोषले कुन शिर्षकमा कति व्याजदरमा ऋण दिन्छ ?

काठमाडौं । कर्मचारी सञ्चय कोषको सञ्चयकर्ताले नयाँ घर निर्माण गर्न, घरको तला थप गर्न र घर खरिद गर्नका लागि कर्जा प्रवाह गर्ने गरेको छ । कोषले घर सापटी र घर मर्मत सपाटी कर्जा ७.९० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको  छ । घर सापटी धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १ करोड रुपैयाँ लिन पाइन्छ । कोषका अनुसार १० वर्षभन्दा कम सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ बर्षको तलबमानलाई आधार बनाउने गरेको छ ।

एक वर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा बाँकी रहेका सञ्चयकर्ताले घर सापटी लिन पाउँछन् ।  ग्रेस अवधिसहित अधिकतम २० वर्षसम्मका लागि घर सापटी लिन सकिन्छ ।सापटी प्रवाह कम्तीमा २ किस्ता र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा अधिकतम ४ किस्ताको व्यवस्था गरिएको छ । प्रथम किस्ता ५० प्रतिशतसम्म हुनेछ, तर घर खरिदको हकमा भने एकमुष्ठ सापटी प्रवाह गरिने कोषले जनाएको छ ।

विषेश सापटीमा कोषले आफ्ना सेवाग्राहीलाई ७.६० प्रतिशत व्याजदरमा नै ऋण उपलब्ध गराउने गरेको छ । त्यस्तै, सरल च    क्र कर्जामा ८ प्रतिशत व्याजमा ऋण लगानी गर्ने गरेको छ । साथै निवृतभरण कोषको रकममा ६.५० प्रतिशत सेवाग्राहीलाई व्याज समेत दिने गरेको छ । 

घर निर्माणको सन्दर्भमा कोषले डिपीसीको कार्य सम्पन्न भएपछि मात्र घर सापटी कर्जा प्रवाह गर्नेछ । एउटै धितोमा खामेसम्म पती पत्नी दुबै जनाको तलबमानबाट सापटी लिन सकिने व्यवस्था छ । सञ्चय कोषले आफ्नो वित्तीय स्रोतबाट सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ ।

यस्तै, मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस