aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेशी विनिमय सञ्चिति घट्यो, ९ अर्ब २५ करोड डलरमात्रै मौज्दात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
विदेशी विनिमय सञ्चिति घट्यो, ९ अर्ब २५ करोड डलरमात्रै मौज्दात

 काठमाडौं । जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १०३० अर्ब ८८ करोड रुपैयाँबराबरको रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७५ असार मसान्तमा ११०२ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब २५ करोड रहेको छ । २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९८९ अर्ब ४० करोड रहेकोमा ८८५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १४५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस