
काठमाडौं । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति.४ अर्ब ३४ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड र प्रत्यक्ष वैदेशिक लगानी१५ अर्ब ८८ करोड रहेको थियो ।
त्यस्तै चालू खाता घाटा बढेर २४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१० अर्ब २४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस