काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलले १५ हजार ६७३ कित्ता संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा ल्याएकोछ । बैंकले प्रतिकित्ता २०५ रुपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस