aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल बैंकले पुस २ गतेका लागि बोलायो साधारण सभा, १६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
नेपाल बैंकले पुस २ गतेका लागि बोलायो साधारण सभा, १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो  ।  सभाले  गत आर्थिक वर्ष ०७७/७८  को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित  गर्नुका साथै प्रस्तावित कुल १६ प्रतिशत लाभांशलाई पनि  अन्तिम रुप दिनेछ ।  

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात यो पूँजी १२ अर्र्ब ६३ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको यस वर्षको लाभांश प्राप्त गर्न  र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस