
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औं साधारणसभा गर्न लागेको हो । सो साधारणसभा पुस ७ गते बुधबार बिहान ११ः३० बजे मिराबेल रिसोर्ट एण्ड होटल धुलिखेल काभ्रेमा हुँदैछ ।
साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बोनस शेयर ५ प्रतिशतका दरले हुन आउने १ करोड ८२ लाख ८१ हजार रुपैयाँे नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
साविक समता घरेलु लघ्वित्त र साविक घरेलु लघुवित्तबिच मर्जर भई एकिकृत कारोबार सुरु भएको हुँदा घोषित लाभांशमा लाग्ने करको रकम भने छुट्याएको छैन ।
साथै संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिम सेयर संख्या ७०ः३० कायम हुने गरी पुन साधारण शेयर एफपीओ जारी गर्ने भएको छ ।
त्यसैगरी वित्तीय संस्थाको सञ्चालक समितिमा एक जना महिला सञ्चालक सहित ६ जना सञ्चालक मध्ये संस्थापक समुहबाट प्रतिनितधत्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक समेत नियुक्त गर्ने भएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म शेयरधनी किताब खाता (बुक क्लोज ) गर्ने भएको छ । यस अनुसार मंसिर २३ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस