aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकको वीर अस्पतालमा २४ घण्टे क्यास काउण्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
प्रभु बैंकको वीर अस्पतालमा २४ घण्टे क्यास काउण्टर

काठमाडौं । प्रभु बैंकले क्यास काउन्टर विर अस्पतालमा २४ सै घण्टा सञ्चालन गरेको छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच सम्पन्न सम्झौता बमोजिम शुक्रबार गतेदेखि काठमाण्डौ महाबौद्धस्थित वीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहका गरेर २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरेका थिए । 

वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अब देखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउने बैंकले जनाउको छ । 

                               
 

प्रतिक्रिया दिनुहोस