इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड १९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा २१४ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा जम्मा ६९ लाख रुपैयाँ रहेको थियो ।
१४ करोड रुपैयाँ चुक्ता पुँजी भएको इन्फिनिटी लघुवित्तले जगेडाकोषमा २ करोड ७१ लाख रुपैयाँ छुटाएको छ ।
इन्फिनिटी लघुवित्तले निक्षेपमा ४५ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ७१ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको छ ।
जसले खुद व्याज आम्दानीमा २१० दशमलव ५२ प्रतिशतले बढेर ५ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३२५ प्रतिशतले बढेर ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढेको हुदाँ नाफा पनि अत्यधिक वृद्धि गरेको हो ।
इन्फिनिटी लघुवित्तको जोखिम युक्त सम्पत्ति १२ दशमलव ४६ प्रतिशत र निष्कृय कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस