aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनसीसी बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
एनसीसी बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले यस वर्ष कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस