aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुदुरपश्चिम प्रदेशमा १० वटा सहकारी नमुनाको रुपमा छनौट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
सुदुरपश्चिम प्रदेशमा १० वटा सहकारी नमुनाको रुपमा छनौट

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदुरपश्चिम प्रदेशका २०६० सहकारीहरुमध्ये नमूनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत प्रस्तुत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको सहकारी झलक, २०७७ को तथ्याङ्क बमोजिम यस प्रदेशमा रहेका २०६० वटा सहकारीहरु छन् । जसमध्ये नमूनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत रुपमा अध्ययन गरी तिनीहरुको अवस्था राष्ट्र बैंकले सार्वजनिक गरेको हो । 

जिल्लास्थित सम्बन्धित सहकारीहरु । समीक्षा वर्षमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले संकलन गरेको कुल पुँजी गत वर्षको तुलनामा २३.८१ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप १२.७२ प्रतिशतले वृद्धि भई ४२ अर्ब ६६ करोड रुपैयाँ पुगेको थियो ।

कुल निक्षेप गत वर्षको तुलनामा २१.८७ प्रतिशतले वृद्धि भई ४ अर्ब ५९ करोड ३ लाखख रुपैयाँ  पुगेको छ । गत वर्ष यस्तो निक्षेप १४.७८ प्रतिशतले वृद्धि भई ३ अर्ब २९ करोड रुपयाँ पुगेको थियो । यसैगरी समीक्षा वर्षमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले प्रवाह गरेको कर्जा गत वर्षकोतुलनामा १५.०४ प्रतिशतले वृद्धि भई ३ अर्ब ७९ करोड रुपैयाँ  पुगेको छ ।
 
गत वर्ष यस्तो कर्जा १५.५८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या १४.५१ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कमचारीको संख्या ५.५२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष सदस्य संख्या १२.४९ प्रतिशत र कर्मचारी संख्या १०.१४ प्रतिशतले वृद्धि भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस