
काठामाडौं । सनराइज बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी गराएको हो ।
कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितीको बैठकले भचृूअल माध्यमबाट साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको हो । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । तयसैगरी कम्पनीको अधिकृत ,जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितीलाई दिने लगायतका प्रस्ताव पारीत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते बन्द रहने जानकारी गराएको छ । यस आधारमा पुस २ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस