
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
म्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूूँजी ११ करोड ८३ लाख २४ हजार रुपैयाँको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावित लाभांश वितरण भने नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र हुनेछ ।
प्रतिक्रिया दिनुहोस