aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निजी क्षेत्रमा कर्जा लगानी दुई प्रतिशतले कमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
निजी क्षेत्रमा कर्जा लगानी दुई प्रतिशतले कमी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई प्रतिशतभन्दा बढीले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरुको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको तथ्याङ्क अनुसार  वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०.८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरुको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०.८ प्रतिशतले बढेको छ ।

२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.६ प्रतिशत, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १२.२ प्रतिशत, डिमान्ड तथा चालुपुँजी कर्जा २३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.१ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.४ प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा अवधिमा कुल आन्तरिक कर्जा पनि १७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १८.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा यस्तो कर्जा २५.१ प्रतिशतले बढेको छ । सो अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी २१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०.६ प्रतिशतले बढेको छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।

२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको थियो । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस