aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मर्जरको प्रक्रिया रहेका वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
मर्जरको प्रक्रिया रहेका वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने

काठमाडौं । मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने भएको छ । समाचार स्रोतका अनुसार हिमालयन बैंकसहित मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा राष्ट्र बैंकले पुनर्विचार गर्ने भएको हो ।

स्रोत भन्छ, ‘मर्जरको प्रक्रियामा अगाडी बढीसकेका वित्तीय संस्थाको डिडिए भइसकेको हुनाले लाभांश प्रस्ताव गर्दा ती संस्थाहरुको सम्पतिमा समेत फरक पर्ने भएकोले राष्ट्र बैंकले पुनर्विचार गर्न लागेको हो ।’  

यसको असर हिमालयन बैंकको लाभाशंमा पनि देखिने भएको छ । इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयन बैंकको लाभाशं वितरणमा पुनर्विचार हुने स्रोतको भनाई छ । बैंकले २१.३८ प्रतिशत बोनश शेयर र ४.६२ प्रतिशत नगद गरि २६ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस