काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय साँगा, काभे्रपलाञ्चोकमा अपरान्ह १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गाभ्ने गाभिने, प्राप्ती गर्ने सम्बन्धमा सञ्चालक समितीलाई अख्यितारी दिने, गाभ्ने, गाभिने, प्राप्ती गर्ने सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने र लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस