aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वोमी लघुवित्तले पुस १६ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
वोमी लघुवित्तले पुस १६ गते बोलायो साधारण सभा

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । सभा बिहान ११ बजे धुलिखेल नगरपालिका ४ धुलिखेल स्थित होटल अरनिकोको सभाहलमा हुने जानकारी गराएको हो ।  

सभाले २० प्रतिशत बोनस शेयर  वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस वोमी लघुवित्त र सुर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने  प्रस्तावलाई पनि पारीत गर्नेछ । उक्त मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।  

साथै, सभाले मर्जर समितीबाट निर्धारण  गरेको १ः१ अनुपातमा शेयर आदान प्रदान अनुपातलाई पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १ गते देखि १६ गते सम्म बन्द रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस