
काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७९ करोड ७३ लाख ७६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको हो ।
प्रतिक्रिया दिनुहोस