aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशियाको डिबेन्चर ९ गतेदेखि सर्वसाधारणका लागि आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
एनआईसी एशियाको डिबेन्चर ९ गतेदेखि सर्वसाधारणका लागि आउने

काठमाडौं । एनआई सी एशिया बैंकल ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको  एक हजारप्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको ४ अर्ब ४० करोड रुपैयाँको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने जनाएको छ ।

 ऋणपत्रको निष्काशन रकम  ४ अर्ब ४० करोड रुपैयाँको ६० प्रतिशत अर्थात्  २ अर्ब ६४ करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ । त्यस्तै ४ अर्बको ४० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गर्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।   उक्त ऋणपत्रको साउन ९ गतेदेखि सर्वसाधारणको लागि विक्री खुला हुने छ । 
 

प्रतिक्रिया दिनुहोस