aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आदर्श लघुवित्तको चौथो वार्षिक साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
आदर्श लघुवित्तको चौथो वार्षिक साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्ने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १८ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडान ७ काभ्रेपलाञ्चोकमा हुने जानकारी गराएको हो ।

सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने,आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी यस आदर्श लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपुमा गाभिन वा प्राप्ती सम्बन्धी हुने कार्यसँग सम्बन्धीत आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितीको बैठकले साधारण  सभा गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस